Saturday, April 1, 2017

निर्वाचनलाई लक्षित गरी क्रान्तिकारी माओवादीको वैठक

कावासोती, १८ चैत्र । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको वैठक आज कावासोती र बर्दघाटमा बसेको छ । निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्नका लागि वैठक बसेका नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका इन्चार्ज एवम् केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले बताउनुभयो ।
केही दिन अघि नेकपा क्रान्तिकारी माओवादीको केन्द्रको विस्तारित वैठकले पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चालाई चुनावमा लैजाने निर्णय गरेपछि यस्तो वैठक बसेको हो ।
इलाका नं. १,२ र ३ को कावासोतीमा वैठक बसेको थियो भने इलाका नं. ४, ५, ६ र ७ को बर्दघाटमा वैठक बसेको थियो ।
चैत्र २३ गते जिल्ला कमिटिको वैठक बसेर थप विषय टुगो लगाउने निर्णय भएको लम्सालले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal