Saturday, April 8, 2017

नेपाल विधार्थी संघ नवलपरासी स्थानीय निर्वाचनको तयारीमा

चैत्र २६; नवलपरासी 
नेपाल विधार्थी संघ नवलपरासी स्थानीय निर्वाचन को तयारी मा जुटेको छ । नेविसंघ नवलपरासी को आज बसेको बैठक ले स्थानीय निर्वाचन मा सिङ्गो नेविसंघ नवलपरासी परिचालन गर्ने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समिति को निर्णय अनुसार सबै गाँउपालिका र नगरपालिका मा निर्वाचन परिचालन का लागि विशेष प्रशिक्षण अभियान सन्चालन गर्न का लागि नेविसंघ नवलपरासीले जिल्लाका गाँउपालिका र नगरपालिकामा संयोजक तोकेको छ । जस अनुसार गैंडाकोट नगरपालिका मा सुशील काफ्ले , देवचुली नगरपालिका मा सन्जय भट्टराई कावासोती नगरपालिका मा लक्ष्मण रिजाल मध्यविन्दु नगरपालिका मा लेखनाथ दवाडी बर्दघाट नगरपालिका मा नारायण विश्वकर्मा सुनवल नगरपालिका मा राजन भण्डारी रामग्राम नगरपालिका मा झविन्द्र ज्ञवाली त्रिवेणि सुस्ता गाँउपालिकामा श्याम थापा प्रतापुर गाँउपालिकामा अनोज यादव पाल्हिनन्दन गाँउपालिकामा दधिराम पौडेल सरावल गाँउपालिकामा योगेन्द्र भट्टराई विनयी गाँउपालिकामा राजेन्द्र तिमिल्सिना हुप्सेकोट गाँउपालिकामा उत्तम लामिछाने बुलिङटार गाँउपालिकामा सुबास देवकोटा र बुङ्दिकाली गाँउपालिकामा प्रदीप कंडेललाई संयोजक तोकिएको नेविसंघ नवलपरासीका अध्यक्ष राजेश पौडेल ले जानकारी दिनुभयो । यसै गरि नेविसंघ ले आफ्नो ४८ औ स्थापना दिवस को अवसरमा बृहत रुपमा रक्तदान कार्यक्रम र स्ववियु निर्वाचन मा बिजयि उमेदवारहरुलाई बैशाख ६ गते सम्मान गर्ने कार्यक्रम राखिएको नेविसंघ जिल्ला अध्यक्ष राजेस पौडेल ले जानकारी दिनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal