Tuesday, April 18, 2017

प्रजनन केन्द्रका ६ गिद्ध जटायु रेष्टुरेन्टमा छाडियो


 नवलपरासी। चितवन राष्टिय निकुञ्ज कसराको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुकाईएका डंगर जातको ६ वटा पोथी गिद्ध आज जंगलमा छाडिएको छ ।
नवलपरासीको पिठौलीमा रहेको पिठौली जटायु रेष्टुरेन्टमा गिद्ध छाडिउको हो । ८ बर्ष अगाडि लोप हुन थालेको डंगर जातको गिद्धको संरक्षणका लागि कसरामा प्रजजन केन्द्र खोलिएपछि कसरामा देश भरबाट संकलन गरेर डंगर जातको ६० वटा गिद्धको बच्चा संलकन गरेर हुर्काइउको थियो ।
६० वटा मध्ये ५६ वटा बांचेकोमा २५ जोडि भाले पोथि प्रजनन केन्द्रमा राखेर बांकी ६ वटा पोथीलाई जटायु रेष्टुरेन्टमा छाडिएको हो । छाडिएका गिद्धलाई केही दिन रेखदेखमा राखेर जंगलमा हुर्किएका गिद्धहरुसंग घुलमिल भएपछि स्वतन्त्र छाडिने नरेन्द्रमान बाबु प्रधानले बताए ।
कसरामा रहेको २५ जोडी गिद्ध बयस्क हुंदै गएको र उनीहरुबाट अहिलेसम्म १० वटा नयां बच्चा जन्मिएको छ ।
नवलपरासीको पिठौलीमा रहेको जटायु रेन्टुरेन्टमा गिद्ध संरक्षण गर्न थालिएपछि गिद्धको संख्या बढको जटायु रेष्टुरेन्टका संयोजक डिबी चौधरीले बताए ।









Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal