परासी । नेपाल नाई संघ नवलपरासीका अध्यक्ष विरेन्द्र ठाकुरले राजिनामा दिएका छन् ।
बुधबार एक विज्ञप्ती जारी गरि नाई संघको अध्यक्ष पद सहित सक्रिय सदस्य समेत नरहने गरि राजिनामा दिएको ठाकुरले बताए ।
गएको चैत्र २९ गते भएको नाई संघको छैँठौँ जिल्ला अधिवेशनबाट उहाँ तेस्रो पटक जिल्ला अध्यक्ष चयन हुनुभएको थियो ।
२०५४ सालदेखि उहाँ नाई पेशा र नाई संघमा आवद्ध छन् । नेपाल नाई संघ टे«ड युनियन कांग्रेसको भात्तृ संगठन हो । तर काग्रेसले नाई जातिको उत्थान भन्दा भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको र आफुँ नयाँ शक्ति पार्टीमा सक्रिय रहेकाले नाई संघबाट राजिनामा दिएको विज्ञप्तीमा जनाउनुभएको छ ।
गत चैत्र २९ गते भएको अधिवेशनबाट उहाँको नेतृत्वमा समिति गठन भएको माईन्युटमा उल्लेख छ । तर नाई संघका केहि पदाधिकारीले भने अधिवेशनबाट नयाँ समिति चयन नभएको बताएका छन् ।

Post a Comment