नवलपरासी ७ बैशाखः अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दुर्गा नारायण चौधरीले आदिवासी जनजाति थारु समुदायलाई संसदीय पार्टीहरुले प्रयोग गरेको बताउनुभएको छ ।
संसदीय पार्टीहरुले थारु समुदायलाई सधै भोट बैकको रुपमा प्रयोग गरेपनि थारु समुदायको हितमा कुनै काम नगरेको उहाँले आरोप लगाउनुभयो ।
बिहीवार चौपतामा भएको देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दघाट वडा नम्बर १२ को भेलामा बोल्दै थारुले संसदीय ब्यवस्थाबाट थारु समुदायको मात्र नभई गरिखाने बर्गको मुक्ति सम्भव नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका उपाध्यक्ष तथा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका जिल्ला अध्यक्ष चुडामणि भण्डारीले कांग्रेस एमाल संगै पछिल्लो समय माओवादी केन्द्रले समेत आदिवासी जनाजति तथा सुकुम्वासीलाई भम्र दिएर निर्वाचनमा प्रयोग गरेको चर्चा गर्नुभयो । त्यस्तै कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष छविलाल खरेलले मजदुर किसान तथा सुकुम्वासीवर्ग सच्चा प्रतिनिधि रहेको दावी गर्नुभयो ।
लिलावती थारुको अध्यक्षता देजमोका नगर अध्यक्ष राजु प्रसाद खनालको संचालन रहेको कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रतापपुर गाउ समितिका ईञ्चार्ज अनिल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जितेन्द्र लम्साल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष बिष्णु गैरे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Post a Comment