कावासोती । २२ औ वन्यजन्तुको सप्ताहको अवसरमा कावासोति नगरपालिका वडा नम्बर १२ र १३ स्थीत वन सरफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
युवा अग्रसरता सरक्षंण र समृद्धिको निश्चितता भन्ने मुल नाराका साथ नमुना मध्यवर्ति सामुदायीक वन उपभोतmा समुह, शान्ती कुञ्ज मध्वर्ती सामुदायीक वन उपभोतmा समुह र जटायु रेष्टुरेन्ट व्यवस्थापन समितीको आयोजना र चितवन राष्टिय निकुञ्को सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न गरीएको हो ।
घासे मैदानालाइ व्यवस्थीत गर्दै यसलाइ जिवीत राख्नको लागी सरसफाइ गरीएको जटायु रेष्टुरेन्टका व्यवस्थापक डिवि चौधरीले जानकारी दिनुभएको छ ।
१७० हेक्टर क्षेत्रफलमा रहेको घासे मैदान मुलुककै नमुनाको रुपमा रहेको छ भने आगामी दिनमा दुइसय हेक्टर क्षेत्रफलमा विस्तार गर्ने योजनामा रहेको पनि चौधरिले जानकारी दिनुभएको छ ।
सरसफाइ कार्यक्रममा जटायु रेष्टुरेन्टका व्यवस्थापक डिवि चौधरी, नमुना मध्यवर्ति सामुदायीक वन उपभोतmा समुहका अध्यक्ष बलिराम महतो, विष्णु प्रसाद भुषाल, कृष्ण तिवारी लगाएत विभिन्न सामुदायीक वनका पदाधिकारीहरु स्थानियहरुको सहभागिता रहेको थियो ।
Post a Comment