नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा वडा नम्बर १४ को बिहीवार दाउन्नेदेवीमा भएको भेलाले गोबिन्द बहादुर साठीघरे मगरको अध्यक्षतामा २१ सदस्सीय वडा समिति चयन गरेको छ । भेलाले वडा समितिको उपाध्यक्षमा जितेन्द्र लम्साल सचिवमा हरि प्रसाद पौडेल कोषनध्यक्षमा टिकाप्रसाद परियारलाई चयन गरेको छ ।त्यस्तै वडा सदस्यहरुमा प्रत्येक टोलबाट प्रतिनिधित्व हुने गरी जितबहादुर गुरुङ दलबहादुर दमै लक्ष्मण चौधरी, महेन्द्र परियार, चन्द्र प्रसाद परियार धनपति ढुंगाना तिलकुमारी थारु रहनुभएको छ ।
भेलाले वडा नम्बर १४ बाट सबै सिटमा उम्मेदवार खडा गरी स्थानीय जनताका मुद्धाहरुलाई स्थापित गर्दै चुनावको क्रान्तिकारी उपयोग गर्ने र चुनावमा समाबेशी रुपमा उम्मेदवार खडा गर्ने सम्बन्धमा छलफ भएको वडा सचिव हरिप्रसाद पौडेले जानकारी दिनुभयो ।
भेलामा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी संकल्प बर्दघाट नगर ईञ्चार्ज चोला नगर सेक्रेटरी सरोज प्रतापपूर गाउपालिका ईञ्चार्ज अनिल देजमोका जिल्ला अध्यक्ष चुडामणि भण्डारी , सचिव रवि पाण्डे जिल्ला सदस्य बिष्णु गैरे देजमो नगर अध्यक्ष राजु प्रसाद खनाललगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
भेला देजमो बर्दघाट नगर समितिका सदस्य गोबिन्द बहादुर साठीघरे मगरको अध्यक्षतामा भएको थियो ।
Post a Comment