Friday, April 21, 2017

स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

कावासोती । नवलपरासीको कावासोती ९ का धनबहादुर जिसीको १३ औं दिनको स्मृतिमा उहांको परिवारले कावासोतीको जीवन ज्योति माविलाई एक लाख १ सय ५१ रुपैयांको चेक हस्तान्तरण गरेको छ ।
विद्यायलमा छात्रवृत्ति वितरणका लागि एक लाख १ सय ५१ रुपैयां बराबरको अक्षयकोष स्थापनाका गर्न रकम हस्तान्तरण गरिएको हो ।
उक्त अक्षयकोणबाट आएको ब्याजबाट उच्च माविका दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने धनबहादुर जिसीका छोरा दीपक जिसीले बताउनुभयो ।
उक्त रकम बराबरको चेक जीवन ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal