नवलपरासिको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा रहेका विरामिहरुलाई फलफुल बितरण गरीएको हो । नेपाल बिद्यार्थी सघं नवलपरासिका जिल्ला कोषदयक्ष्य लक्ष्मण रिजालको अध्यक्ष्यता फलपूmल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कडेंलले देश चुनावमा होमिई सकेकोले निर्वाचन होला नहोला भनेर नअलमलिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाली काग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरे, ओमकला गौतम, कमला तिवारी, श्याम श्रेष्ठ, रामचन्द्र भट्टराई, महेन्द्र पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।
यस्तै नेपाल विद्यार्थी संघ नवलपरासीले निर्वाचन परिचालन एवम् बृहत रक्तदान कार्यक्रम बुधबार अमरापुरीमा भएको छ। संघको ४७ औं स्थापना दिवशका अवसर पारेर, गैडाकोट–१५, अमरापुरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।

Post a Comment