Thursday, April 20, 2017

पांचबर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि


नवलपरासी सहित देश भर भिटामिन ए र जुकाको औषधी खवाईएको छ । बुधबार र विहीबार गरी दुई दिनमा नवलपरासीमा पनि सोही क्रममा ६ महिना माथिका र ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको हो ।
त्यस्तै १ बर्षमाथि र ६ महिना मुनिका बालबालिकालाई पनि बुधबार नै जुकाको औषधि खुवाइएको छ ।
नवलपरासीमा ६ महिना देखि ५ बर्ष सम्मका ६३ हजार ९ सय १४ जना बालवालिकालाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष सम्मका ५६ हजार ८० जना बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य अनुसार बुधबार भिटामिन ए र जुकाको औषधि खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका छवि गिरीले बताए । बुधबार छुटेका बालबालिकालाई महिला स्वास्थ्य स्वयम् सेविकाहरुले घरघरमा पुगेर भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो ।  बुधबार विद्यालय, स्वास्थ्य चौकी लगायतको केन्द्रहरुमा भिटामिन ए र जुकाको औषधि खुवाइएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal