नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दघाट नगर कमिटी अन्तरगत वडा नम्बर १६ को बुधवार केरावारीमा भएको भेलाले मोर्चाका नगर सचिव पदम राज पौडेलको अध्यक्षतामा १९ सदस्सीय वडा कमिटी सर्बसम्मत चयन गरेको छ । भेलाले उपाध्यक्षमा झरिया महतो सचिवमा बिजय गुरुंग कोषाध्यक्षमा राधिका थापा चयनहुनुभएको छ ।त्यस्तै देजमोको वडा सदस्यहरुमा टिकाराम दमै, अनिता गुरुंग
बलबहादुर राना, देवकी बराल, विपना शाही, देवबहादुर गुरुंग दुर्गादेवी गुरुंग लगायत चयनहुनुभएको छ ।
भेलाले देजमोलाई वडा नम्बर १६ को सबै टोलहरुका बिस्तार गरी देजमोबाट वडामा उम्मेदवारी समेत दिने निर्णय गरिएको वडा सचिव बिजय गुरुंगले बताउनुभएको छ ।
पदमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी संकल्प देजमो नवलपरासीका उपाध्यक्ष चुडामणि भण्डारी, जिल्ला सदस्यहरु दुर्गा चौधरी, छविलाल खरेल, गुणनिधि पोखरेल, रामचन्द्र पोखरेल नगर सदस्यहरु खेम बहादुर गुरुंग ,गोबिन्दबहादुरसाठी घरेलगायतले देजमोको संगठन नितिका बारेमा बिचार ब्यक्त गरे।
त्यस्तै बर्दघाट १४ र १५ वडामा पनि देजमोको संगठन विस्तार तथा भेला तयारी भएको देजमो नेता अर्जुन ढकालले बताए।
त्यस्तै कावासोतीमा भएको भेलाले पिताम्बर तिवारीको अध्यक्षतामा ९ सदस्यी देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएपछि उसले मोर्चा गठन अभियानलाई तिब्रता दिएको हो ।

Post a Comment