कावासोती, १२ जेठ ।
कावासोती नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको शुक्रबार पदबहाली भएको छ ।
नगरपालिकामा औपचारिक समारोहका बीच नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत र पदवहाली कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सासंद जिवन श्रेष्ठले नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले जनताका समस्याहरु धेरै रहेकाले ती समस्या समाधानमा लाग्न सुझाव दिए । खोलानालामा तटबन्ध , सुकुम्वासी समस्या समाधान , बाटोघाटो निर्माण लगायतका विकासका काममा सबै मिले लागेमा मात्रै कावाासेती नगरको समग्र विकास हुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाकी मेयर चन्द्रा पुनले आफु सबै जनताको प्रतिनिधी भएकाले नगरको समग्र विकासका लागि सबैसंग हातेमालो गरेर अगाडि बढ्ने बताईन । सबैको साझा भएर जनताको काम गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरिन ।
कार्यक्रम मेयर चन्दा्र पुनको अधयक्षातमा भएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरिले स्वागत मन्तवय राखेका थिए । कार्यक्रममा नेकपा एमले नवलपुर जिल्ला किमिटी अधयक्ष रोशन वहादुर गाहा, नेपाली काङ्गेसका जिल्ला सभापती विष्णु लामिछाने लगायतले पनि मन्तव्य राखेका थिए ।
चन्द्रा पुन नवलपरासीका नगरपालिकाहरु मध्येबाट निर्वाचित एक जना मात्र महिला नगरप्रमुख हुन् ।
यस्तै शुक्रवार नै नवलपरासीको विनयी त्रिवेणी गाउपालिकाको नव निर्वाचित जनप्रतिनिधीहरुले पनि पदवहाली गरेका छन ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment