Friday, May 26, 2017

देशभक्त मोर्चाको समिक्षा वैठक

कावासोती, १२ जेठ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासी नवलपुरको स्थानीय तहको निर्वाचनको समीक्षा वैठक भएको छ ।
आज कावासोतीमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।
छलफलमा बोल्दै अनुकुलले मोर्चालाई मतदातासंग चिनाउनका लागि र संसदीय व्यवस्थाको भण्डाफोर गर्नका लागि स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै समग्रमा निर्वाचनमा आफ्नो पार्टीका उपलब्धी उपलब्धीमूलक भएको बताउनुभयो ।
त्यस्तै छलफलमा परासी क्षेत्रमा हुने स्थानीय तहको निर्वाचनमा नवलपुर क्षेत्रको अनुभवलाई साटासाट गरिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal