रामकुमार श्रेष्ठ
कावासोती, १३ जेठ । नवलपरासीको मध्यविन्दु नगरपालिका २ सेहेरीमा जंगली हात्तीको आक्रमणबाट शुक्रबारराति एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका २ सेहेरीमा घरको पीढिमा बसिरहेकी ५५ बर्षीया बाटुली माझीलाई जंगली हात्तीले आक्रमण गरेको हो ।
जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको थियो ।
त्यस्तै उक्त जंगली हात्तीले मध्यविन्दु नगरपालिका २ रानीटारमा दुई वटा सामान्य क्षति पुर्याएको छ ।
त्यस्तै नवलपरासीको अरुणखोला जंगलमा एक जना महिलाको शव फेला परेको छ ।
गलिसकेको अवस्थामा प्रहरी कार्यालय अरुणखोलादेखि डेढ किलो मिटर दक्षिणमा फेला परेको उक्त महिलाको सनाखत हुन सकेको छैन् ।

Post a Comment