Friday, May 26, 2017

कृष्णसेन इच्छुकको स्मृतिमा फलफूल वितरण

 संजय तिवारी

नवलपरासी, १३ जेठ ।  पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा शनिबार नवलपरासीमा क्रान्तिकारी पत्रकार महासंघले फलफूल वितरण गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका आयोजनामा शनिबार नवलपरासीको कावासोती र बर्दघाटमा विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
कावासोतीमा मध्यविन्दु सामुदायिक अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
फलफूल वितरणपछि आयोजित स्मृति सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ, प्रेस युनियन नवलपरासीका सचिव नविन पौडेल, प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरल, नयां नेपाल सहित स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर तिवारी, मध्यविन्दु अस्पतालका रामराज पण्डित लगायतले पत्रकार कृष्णसेन इच्छुकको योगदानका बारेमा चर्चा गरेका थिए । 
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले कृष्ण सेन एउटा निडर पत्रकार भएको र उनले जनताको पक्षमा कलम चलाएर मिसन पत्रकारिता गरेकै कारण हत्या गरिएको बताए । 
क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष लोकनाथ पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संजय तिवारी र स्वागत मन्तव्य कोषाध्यक्ष शोभा जिसीले राखेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal