Tuesday, June 13, 2017

गैडाकोटमा सिसी क्यामरा जडान गरिने

कावासोती, ३० जेठ । नवलपरासीको गैडाकोट नगरपालिकाको मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिने भएको छ ।
पूर्व पश्चिम लोकमार्गमा हुने सडक दुर्घटना न्युनिकरण, चोरी, लुटपाट जस्ता घटनाहरु न्युनिकरण गर्न मुख्य भिडभाड हुने ठाउहरुमा सि.सि. टि.भि. जडान गरिने इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक सुबास हमालले बताए ।
सिसि क्यामरा जडानको लागि उचित स्थानको सर्वे गर्ने काम सकिएको उनले बताए । हमालका अनुसार अब अप्टिकल फाइवर जडान गरी तत्काल सिसि क्यामेरा जडान गरिने छ ।
गैडाकोट नगरपालिकाले सुरक्षाको विषयमा प्रहरीलाई बढी जानकारी हुने ह“ुदा सिसि क्यमेरा जडान र कन्ट्रोल रुम पनि प्रहरीको कार्यलयमा राखिने हु“दा गैडाकोट प्रहरीलाई जिम्मा दिएको गैडाकोट नगरपालिकाका अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।
गैडाकोटको भृकुटी चोक, का“ग्रेस चोक, बिजय चोक, थुम्सी जङल, भेडाबारी चोक, बेल्डिया पुल लगायतका ठाउहरुमा सि.सि. क्यामरा जडान गरिने छ । त्यसको कन्ट्रोल भने प्रहरी कार्यालयमा रहने छ ।
यस अघि नवलपरासीको कावासोती र सदरमुकाम परासीमा सिसी क्यामरा जडान गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal