गोपी ज्ञवाली
नवलपरासी, ८ असार । नेकपा (माओवादी केन्द्र) सुनवलको निर्वाचन प्रचार गाडीमा गत राती अज्ञात समुहद्वारा आगजनी भएको छ ।
राती १० वजेसम्म निर्वाचनको प्रचार प्रसार गरी फर्केको गाडीमा बुधबाररातीको समयमा अजात समूहले आगजनी गरेको माओवादीका केन्द्रीय सदस्य सूर्य न्यौपानेले बताउनुभएको छ ।
लु १ ज १८१६ नम्बरको जीपमा घर अगाडि रोकी राखेको अवश्थामा रातिको समयमा अज्ञात समूहले आगजनी गरी ध्वस्त भएको छ । आगजनीमा संलग्नको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख जेशी शाहले बताउनुभयो ।
आगलागीमा विप्लब समुहको संलग्नता रहेको अनुमान गरिएको भए पनि विप्लव समुहले अहिले सम्म कुनै प्रकारको जिम्मा लिएको छैन ।
केही समय पहिला विप्लव समुले मेयरका उमेदवारहरुलाई निर्वाचनमा भाग नलिन भन्दै पत्राचार गरेको माओवादी जिल्ला कार्यालय नवलपरासीले जनाएको छ ।
यस अघि नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा चुनाव प्रचार प्रसारमा प्रयोग गरेको महेन्द्रा भ्यानमा मंगलवारराति अज्ञात समुहले आगजनी गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बर्दघाट ४ का लक्ष्छुमण भण्डारीको लु १ च ६८४६ नम्बरको भ्यान घरमै पार्कीङ्ग गरेर राखेका वेला आगजनी गरेका हुन् ।

Post a Comment