रामकुमार श्रेष्ठ
नवलपरासी, ८ असार । नवलपरासीको परासी क्षेत्रको स्थानीय तहको निर्वाचनमा नयां शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम, र फोरम लोकतान्त्रिक नेपालबीच तालमेल भएको छ ।
फोरम लोकतान्त्रिक नेपालका केन्द्रिय सदस्य उमेश यादवका अनुसार नवलपरासीको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकामा नया“शक्ति, प्रतापपुर र सरावलमा फोरम लोकतान्त्रिक नेपाल र पाल्ही नन्दन र सुस्तामा संघीय समाजवादी फोरमले उम्मेद्वारी दिने गरी तालमेल भएको हो । त्यस्तै बर्दघाट नगरपालिकामा पनि फोरम लोकतान्त्रिकले उम्मेदवारी फिर्ता लिएर नयां शक्तिलाई सहयोग गरेको छ ।
बर्दघाट नगरपालिमा नयां शक्ति पार्टीले मेयर पदमा यमबहादुर थापा मगरलाई उम्मेदवार बनाएको छ ।
रामग्राम नगरपालिकामा नयां शक्ति पार्टीले मेयरमा अमिरुल्लाहा मिया र उपमेयरमा रुपा चौधरीलाई उम्मेदवार बनाएका छ ।
यहां संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले नयां शक्ति पार्टीका उम्मेद्वारहरुलाई समर्थन गरेको छ ।
नयां शक्ति र संघीय समाजवादीसंगको तालमेलमा फोरम लोकतान्त्रिकले प्रतापपुरमा खेमनारायण चौधरीलाई अध्यक्षको उम्मेदार बनाएका छन् ।
त्यस्तै फोरम लोकतान्त्रिकले सरावलमा अध्यक्षमा रामेश्याम चौधरी र उपाध्यक्षमा गुनकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।
संघीय समाजवादी फोरमले पाल्ही नन्दन गाउंपालिकामा अध्यक्षमा धरेन्द्र यादव र उपाध्यक्षमा मञ्जु चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै संघीय समाजवादी फोरमले सुस्ता गाउंपालिकामा अध्यक्षमा गंगाराम चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सुनवल नगरपालिकामा नयां शक्ति पार्टीले मेयरमा सुनिता काफ्ले र उपमेयरमा हर्कबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।
नयां शक्ति पार्टीले संघीय समाजवादीको चुनाव चिन्ह लिएर अघिल्लो चुनावमा पनि तालमेल गरेको थियो भने फोरम लोकतान्त्रिक आफ्नै निर्वाचन चिन्ह लिएर लिएर चुनावमा होमिएको छ ।

Post a Comment