Thursday, June 15, 2017

परासीमा निर्वाचनका लागि १४ सय ४० कर्मचारी खटिने २ सय ४० मतदान केन्द्र

कावासोती, १ असार । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले नवलपरासीको परासी क्षेत्र ७ वटा स्थानीय तहमा निर्वाचन गराउनका लागि एक हजार चार सय ४० जना कर्मचारी खटिने जनाएका छन् ।
एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत २ जना सहायक कर्मचारी र २ जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी खटिने छन् ।
परासी क्षेत्रका ७ वटा स्थानीय तहका लागि २ सय ४० वटा मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी २ सय ४० वटा मतदान केन्द्रका मतदाताहरुलाई शिक्षा दिन २ सय ४० जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको पनि उनले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal