देवचुली १४ निवासी अविना अर्याल खनालको घरबाट डेढ तोला सुन र २ वटा बलाङ्गकेट चोरी भएको छ । अर्यालको घरको ढोका फोरेर चोरी भएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
यस्तै देवचुली नगरपालिका १३ मा रहेको कञ्चन खाजाघरबाट ५ हजार रुपैया बराबरको रिचार्ज कार्ड र १५ सय नगद र विभिन्न पेय पदार्थ चोरी भएको प्रहरीले जनाएको छ । दुवै ठाउमा एउटै व्यक्ती वा समुहले चोरी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनावारे अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment