Friday, June 30, 2017

सुस्तामा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष विजयी

रामकुमार श्रेष्ठ 

नवलपरासी, १६ असार । नवलपरासीको सुस्ता गाउंपालिकामा नेकपा एमालेको अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
यहां गाउंपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनु भएको हो । पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको हो । उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हसबुदीन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी इन्द्रकुमारी थरुनीले ३ हजार ५ सय ६५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी विमला उपाध्यायले २ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै यहां रहेको ५ वटा वडामा २ स्थानमा नेकपा एमाले, २ स्थानमा नेपाली कांग्रेस र एक स्थानमा राप्रपाका वडा अध्यक्ष विजयी भएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal