कावासोती, १ असार ।
नेपालको पहिलो बालमैत्री नगर घोषणा भएको दोस्रो घोषणा दिवसको अवसरमा आज सुनवल नगरपालिकाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री तथा बाल सञ्जाललाई खेलकुदका सामाग्री प्रदान गरिएको छ । आज सुनवलमा एक कार्यक्रमको आयोजना गरि सुनवल नगरपालिका कार्यालयले सुनवलका ३९ वटा विद्यालयका ३९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा दश वटै वडाका बाल सञ्जाललाई खेलकुदका सामाग्री प्रदान गरेको सुनवल नगरपालिकाका बालमैत्री फोकल पर्सन रेशम शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुले हालै सुनवल नगरपालिकामा गाभिएका ३ वटा वडा अर्थात साविक रामनगर गाविसलाई पनि छिट्टै बालमैत्री घोषणा गरि स्थानीय तहमा पनि पहिलो बालमैत्री नगर सुनवलले कायमै राख्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सुनवललाई बालमैत्री दिगो बनाउन सवैको सहकार्य र सहयोग आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
सुनवल नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जनसेवा मावि सुनवलका प्रधानाध्यापक रमेश पौडेल, पाईनियर स्कुल सुनवलका प्रिन्सीपल कृष्ण शर्मा, जिल्ला बाल सञ्जालकी कोषाध्यक्ष अनिषा गौतम, सुनवल बाल सञ्जालका सल्हाकार समिर परियार, बालमैत्री स्थानीय शासन समितिका सदस्य विर विश्वकर्मा, फोकल पर्सन रेशम शर्मा लगायतले बोल्नुभएको थियो । दुई वर्ष अघि सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरिएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment