रामकुमार श्रेष्ठ
कावासोती, ९ असार ।राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता ह्ृदेश त्रिपाठीले शेरवहादुर देउवा नेतृत्व सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने चेतावनी दिनुभएको छ ।
त्रिपाठीले शुक्रबार नवलपरासीको बेलाटारीमा पत्रकार सम्मेलन गरी सरकारले मधेशका माग पुरा नगरी जवरजस्ती बल प्रयोग गरी मधेशमा चुनाव गराई युद्धको अबस्था निम्ताएकोले सरकारलाई समर्थन गरिराख्नु जरुरी नभएको बताउनुभएको छ ।
सरकारले मधेसलाई विभेद गरेका समेत उहांले बताउनुभएको छ । उहाले भन्नुभयो – बर्दघाट र सुनवल नगरपालिकामा सुरक्षाकर्मीको कम उपस्थिति रहेको र मधेश क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति गराएर नागरिकमा डर पैदा गराएको छ ।
राजपा अहिले पनि चुनाबमा भाग नलिएको र सरकारलेनै स्वतन्त्र उम्मेदार उठाएर राजपाका उम्मेदार भनी प्रचार गराएको समेत आरोप लगाउनुभएको छ ।
सरकारका गतिविधिले काठमाण्डौ र मधेशको दुरी बढाउदै गएको बताउनुभएको छ । राजपाले शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम गर्दै आईरहेको बेला राजपाका अध्यक्षमण्डलका संयोजक महन्त ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरीलेनै घुसपैठ गराई शिर्ष नेताहरुको हत्या गर्न खोजेको बताउनुभयो ।
यो निवार्चनले लोकतन्त्रको समाप्त गर्ने पनि उहांको दावी थियो ।
यस्तै तरिकाले सरकारले मधेशी नागरिक माथि दमन गरि निवार्चन गरे प्रदेश न.२ को निवार्चन हुन कठिन हुने चेतावनी दिनुभयो ।
उहाले असोज २ गते पछि सरकार र मधेषी दलबीचको सहमती काठमान्डौमा नभई मधेशमा हुनु पर्नेमा जोड दिनुभयो ।

Post a Comment