शुक्रबार नवलपरासीको परासीमा आयोजित निर्वाचनसंग सम्बन्धित अन्तरक्रियामा बोल्दै उहांले यस्तो बताउनुभएको हो । मधेषमा निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचनमा भाग लिने दलहरु मिलेर त्यस क्षेत्रको प्रचारमा जुटी मतदातालाई ढुक्कसंग मतदान गर्ने वातावरण बनाउन उहांले आग्रह गर्नुभयो ।
राजनीतिक दलहरुले पनि एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्यो भने सुरक्षा दिन र मतदाता पनि सुरक्षित हुन सहज हुने निर्वाचन आयुक्त पौडेलको तर्क थियो ।
उहांले विशेष गरी नवलपरासीको परासी क्षेत्रमा राजपाले चुनाव वहिस्कार गरेको र उसले निर्वाचनमा सहभागी नहुने भनि माएकिङ्ग समेत गरेको अवस्थामा अन्य राजनीतिक दल मिलेर त्यस क्षेत्रको चुनावी प्रचारमा जानु पर्ने बताउनुभयो ।
शुक्रबार परासीमा निर्वाचन कार्यालयले गरेको राजनीतिक दल, मानवअधिकार कर्मी र पत्रकारहरुबीचको अन्तरक्रियामा बोल्दै यस्तो बताउनुभएको हो ।
यसैबीच मतदान स्थल र मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई परासीमा शुक्रबार नियुक्ति प्रदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोध्या प्रसाद भण्डारीका का अनुसार नवलपरासीको परासी क्षेत्रका ७ वटै स्थानिय तहमा खटिने कर्मचारीहरुलाई
नियुत्ति प्रदान गरीएको हो ।
नियुक्त कर्मचारीहरु शनिबार मतदान स्थलमा निर्वाचन सामग्री सहित खटिने निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।
परासी क्षेत्रका ७ स्थानीय तहमा २ सय ४० वटा मतदान केन्द्र रहेका छन् भने निर्वाचनका लागि १ हजार ४ सय ४० जना कर्मचारी खटिने छन् ।

Post a Comment