कावासोती, ९ असार । नवलपरासीको प्रतापपुर गांउपालिकामा चार जना सदस्य निर्वीरोध निर्वाचित भएका छन् ।
प्रतापपुर गांउ पालिकाको वार्ड नम्बर ६ बाट सदस्य २ जना, महिला सदस्य एवं दलित महिल सदस्य गरि चार जना निर्विरोध निर्वाचि भएको निर्वाचन अधिकृत माधव प्रसाद ढुंगानाले बताउनु भयो ।
वार्ड नम्बर ६ बाट वडा सदस्यका लागि उमेदवारी दिनु भएकी नगिना राज लाल राजभर अर्का सदस्य राजेन्द्र तेली महिला सदस्य पदमा साहिदुन नेसा एवं दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधीकृत ढुंगानाले बतानु भएको छ ।
मनोनयनको क्रमका नेपाली कांग्रेसको तर्फबाट मात्र उमेदवारी भए पछि वहांहरु निर्वीरोध निर्वाचित भएको बताईएको छ ।

Post a Comment