Friday, July 14, 2017

एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै कावासोती नगर सभा अवरोध, आज हुने भनिएको वैठक सोमबारलाई सर्यो

कावासोती, ३१ असार ।
नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरुले एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नगर सभामा अवरोध पुर्याएका छन् ।
कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनका अध्यक्षतामा भएको नगर सभामा पटक पटक उपप्रमुख प्रेम शंकर मर्दनियाले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजे पनि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिहरुले रोष्टम घेरेर अवरोध गरेका छन् ।
नगरसभा पटक पटक अवरुद्ध भएपनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
उनीहरुले विषयगत समिति मध्ये कम्तिमा दुई वटा समितिका संयोजक आफूहरुले पाउनु पर्ने अडान समेत राखेका छन् । छुट्टै समय लिएर बोल्दै कावासोती नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले आफ्नो माग पुरा नभएसम्म नगर सभा अगाडि बढ्न नदिने बताउनुभयो ।
त्यसैगरी उनीहरुले वजेट विनियोजन गर्दा पनि एकलौटी रुपमा गरेको आरोप लगाएका छन् । सभा कावासोतीका खानेपानी हलमा भएको हो । सभा पटक पटक स्थगित गर्दै अगाडि बढाउने प्रयास गरेपनि अगाडि बढाउन भने सकेको छैन । वैठक शनिबार पुन बस्ने भनिएपनि सोमबार सम्मका लागि सरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal