Sunday, July 16, 2017

लागू औषध सहित बालक पक्राउ

रामकुमार श्रेष्ठ

नवलपरासी, १ साउन ।
इलाका प्रहरी कार्यालय नवलपुरले लागू औषध सहित एक जना १४ बर्षीय बालकलाई नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर उपमहानगरपालिका ९ निवासी १४ बर्षीय बालकलाई प्रहरीले आज कावासोतीबाट बालकलाई लागू औषध सहित वरामद गरेको हो ।
ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जांदै गरेको उक्त बालकको साथबाट प्रहरीले नाइट्रोजन एक सय पिस, पेनेरागन १० पिस, सेरेज्याक १० पिस, टल्गेशल नामक आगू औषध १० र सिरिन्ज ४ पिस सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त बालकलाई अहिल इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरीको संरक्षणमा राखेर अनुसन्धान थालिएको छ । उनलाई लागू औषध कारोवारीहरुले ओसारपोसारमा प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त लागू औषध नेपाल भारतको सीमावर्ती भारतीय बजारबाट नेपाल ल्याइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal