नवलपरासी, १७ असार ।
नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ ।
रामग्राम नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको हो ।
नेपाली कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्दी नेकपा एमालेका उमा शंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा रम्भा कुंवरले ६ हजार ५ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उमादेवी यादवले ४ हजार ६१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी ७ वटा स्थानीय तह रहेको प्रदेश ५ अन्तरगत नवलपरासीको परासी क्षेत्रमा ६ वटा स्थानीय तहको मतगणना सकिंदा सम्म ३ स्थानमा नेपाली कांग्रेस, एक स्थानमा नेकपा एमाले, १ स्थानमा माओवादी केन्द्र, एक स्थानमा मधेषी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक विजयी भएको छ ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले विजयी सुरुवात
नवलपरासी । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउंदै उसले विजयी सुरुवात गरेको हो ।
सरावलमा फोरमका उम्मेदवार राघेश्याम चौधरी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । फोरमको तर्फबाट विजयी चौधरीले ५०४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३९१६ मत पाए ।
उपप्रमुखमा भने कांग्रेसको पल्लाभारी भएको छ । उपमेयरमा कांग्रेसकी उत्तमा राय ४४५९ मतका साथ विजयी भएकी हुन् ।
उता, नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पाल्हीनन्दनमा माओवादी केन्द्रका दीपक गुप्ता विजयी भएका हुन् । गुप्ताले ४३५१ मत ल्याएका छन् ।
यहाँको उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार पवित्रादेवी कहारको पल्लाभारी भएको छ । कहारले ३९१७ मत पाइन् ।
बर्दघाट नगरपालिकाको भने मतगणना जारी रहेको छ । बर्दघाटमा नेपाली कांग्रेसलाई पछाडि पार्दै नेकपा एमालेले अग्रता लिन शुरु गरेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment