दुई स्थानमा एमाले, एक स्थानमा माओवादी केन्द्र र एक स्थानमा फोरम नेपाल लोकतान्त्रिक अगाडि
रामकुमार श्रेष्ठ
कावासोती, १७ असार । नवलपरासीको सुनवल नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका भीमबहादुर थापा (भरत) विजयी भएका छन् । उनी उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत हुन् । भरतले ९ हजार ७ सय ७ र नेकपा एमालेकी विमला अर्यालले ९ हजार १ सय ८२ मत प्राप्त गरेका छन् ।नेकपा एमालेका विमला अर्याललाई ५ सय २५ मतले पराजित गर्दै भीमबहादुर थापा भरत विजयी हुनु भएको हो ।
उपमेयरमा भने नेकपा एमालेका दधिराम अर्याल विजयी भएका छन् । उनले ९ हजार ९ सय १० मत र नेपाली कांग्रेसका तारादेवी भण्डारीले ८ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् ।
१३ वटा वडा रहेको सुनवल नगरपालिमा ९ वटा वडा नेकपा एमाले, ३ वटा वडामा नेपाली कांग्रेस र १ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
७ वटा स्थानीय तह रहेको प्रदेश ५ अन्तरगतको नवलपरासीको परासी क्षेत्रको ३ वटाको अन्तिम मत परिणाम आउंदा सुनवल नगरपालिका र प्रतापपुर गाउंपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने सुस्ता गाउंपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।
बांकी ४ वटा स्थानीय तहमा बर्दघाट र रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ । पाल्हीनन्दन गाउंपालिकामा नेकपा माओवादी केन्द्र र सरावल गाउंपालिकामा मधेषी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको अग्रता रहेको छ ।
त्यस्तै नवलपरासीको सुस्ता गाउंपालिकामा नेकपा एमालेको अध्यक्ष र उपाध्यक्ष विजयी भएका हुन् ।
यहां गाउंपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनु भएको हो । पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको हो भने उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हसबुदीन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी इन्द्रकुमारी थरुनीले ३ हजार ५ सय ६५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहांका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी विमला उपाध्यायले २ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै यहां रहेको ५ वटा वडामा २ स्थानमा नेकपा एमाले, २ स्थानमा नेपाली कांग्रेस र एक स्थानमा राप्रपाका वडा अध्यक्ष विजयी भएका छन् ।
यता नवलपरासीको प्रतापपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
यहां नेपाली कांग्रेसका राजकुमार शर्मा विजयी हुनु भएको हो भने उपाध्यक्षमा नेपाली कांग्रेसकै अञ्जुकमारी चौधरी विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसले अध्यक्षमा राजकुमार शर्माले ३८८२ र उपाध्यक्षमा ४ हजार ५१ मत प्राप्त गरेको छ ।
यहां फोरम नेपाल (लोकतान्त्रिक) ले अध्यक्षमा २०९९ र उपाध्यक्षमा २४४० मत प्राप्त गरेको छ ।
प्रतापपुरमा वडा अध्यक्षमा नेपाली कांग्रेसले १, ५, ६, ७ र ९ मा जितेको छ । त्यस्तै नेकपा एमालेले वडा नं २, माओवादी केन्द्रले वडा नं. ३, फोरम नेपाल लोकतान्त्रिकले वडा नं. ४ मा जित हात पारेको छ ।
वडा नं. ८ मा भने स्वतन्त्र उम्मेद्वार काडिर अली विजयी हुनु भएको छ ।
((((((((((((((
रामग्राममा नेपाली कांग्रेसको अग्रता
नवलपरासी, १६ असार ।
नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
यहां १५ वटा वडाको मत गणना सकिंदासम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३९८९ र नेकपा एमालेले ३०९९ मत प्राप्त गरेको छ ।
यहां उपप्रमुखमा नेपाली कांग्रेसले ४६३२ र एमालेले २६७६ मत प्राप्त गरेका छन् ।
रामग्राम नगरपालिकामा भोलिसम्म अन्तिम मत परिणाम आउने देखिन्छ ।
रामग्राम नगरपालिकामा १५ वटा वडाको मतगणना सकिंदा वडा अध्यक्षमा नेपाली कांग्रेसले ८ स्थान, राप्रपाले २ स्थान, नेकपा एमालेले २ स्थान, नयां शक्तिले ३ स्थानमा वडा अध्यक्ष जितेको छ । यहां अझै ३ वटा वडाको मत गणना बांकी नै रहेको छ ।
रामग्राम नगरपालिकाको वडा नं. २, ३, ६, ८, ९, १२, १४ र १५ मा नेपाली कांग्रेस, वडा नं. १ र ७ मा राप्रपा, वडा नं. ५ र ११ मा नेकपा एमाले र वडा नं. ४, ११ र १३ मा नयां शक्तिले जित हात पारेको छ ।
((((((((
बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसकै अग्रता कायमै
नवलपरासी, १६ असार । नवलपरासीको बर्दघाट नगरपालिमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
मतगणना शुरु भएदेखि अग्रता लिएको नेपाली कांग्रेसले यहां प्रमुख पदमा ३ हजार ७ सय २७ र उपप्रमुखमा ३ हजार ७ सय ५० मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा एमालेले प्रमुखमा ३ हजार ५ सय ३४ र उपप्रमुखमा ३ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।
१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा ७ वटा वडाको मत गणना सकिएको छ । यहां वडा अध्यक्षमा ६, ७ र १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा एमाले १, ३ र ९ मा विजयी भएको छ भने माओवादी केन्द्रले वडा नं. ८ मा प्यानल जितेको छ ।
सरावलमा फोरम लोकतान्त्रिकको अग्रता कायमै
कावासोती, १७ असार । नवलपरासीको प्रदेश ५ अन्तरगतको परासी क्षेत्रको सरावल गाउंपालिकामा मधेषीजनअधिकार फोरम नेपाल लोकतान्त्रिकले अग्रता कायमै रहेको छ ।
यहा अध्यक्षमा फोरम नेपाल लोकतान्त्रिकले ३८६९ र उपाध्यक्षमा ३१५८ मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले अध्यक्षमा २६६७ र उपाध्यक्षमा ३१२२ मत प्राप्त गरेको छ ।
७ वटा वडा रहेको सरावल गाउंपालिकामा ५ वटा वडाको मतगणना सकिंदासम्म फोरम नेपाल लोकतान्त्रिकले वडा नं. १, २ र ६ गरी तीन वटा वडामा वडा अध्यक्ष सहित जित हात पारेको छ भने वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । त्यस्तै वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
पाल्ही नन्दनमा माओवादी केन्द्र अगाडि
कावासोती, १७ असार । नवलपरासीको प्रदेश ५ अन्तरगतको परासी क्षेत्रको पाल्हीनन्दन गाउंपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ ।
यहा अध्यक्षमा नेकपा माओवादी केन्द्रका वैजुप्रसाद गुप्ताले ३ हजार १ सय ८७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीले २ हजार ४ सय ७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले २९१६ र नेपाली कांग्रेसले ३४६१ मत प्राप्त गरेको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेस अगाडि रहेको छ ।
६ वटा वडा रहेको पाल्हीनन्दन गाउंपालिकामा ४ वटा वडाको मतगणना सकिंदासम्म संघीय समाजवादी फोरमले वडा नं. १ र ४ गरी दुई वटा वडा जितको छ । त्यस्तै नेपाली कांग्रेसल वडा नं. २ र माओवादी केन्द्रले वडा नं. ३ मा जित हात पारेको छ ।
साढे ६ घण्टा पछि मतगणना शुरु
कावासोती, १७ असार ।
नवलपरासीको बर्दघाटमा राजनीतिक दलहरुबीच मतगणनाको विषयमा विवाद भएपछि आज विहान साढे १० बजेबाट रोकिएको मतगणना करिब साढे ६ घण्टा पछि पुन मतगणना शुरु भएको छ ।
यहां वडा नं.१४ को मत गणना गर्ने क्रममा मतगणनामा खटिएका कर्मचारीहरुले नेकपा एमालेले प्राप्त गरेको मतभन्दा केही बढी मत टिप्ने गरेको भन्दै कांग्रेसले विवाद गरेपछि मतगणना रोकिएको हो । निर्वाचनमा खटिएका कर्मचारीहरुले गल्ती स्वीकारे पछि वडा नं. १४ को गनिएको मत पुन गणना गर्ने सहमतिमा मतगणना शुरु भएको हा ।
नगरपालिकाका निर्वाचन कर्मचारी , सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना , जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारी तथा दलका प्रतिनिधीहरु सहित छलफलले कर्मचारीले माफी माग्दै अब राम्रोसंग मतगणनामा सहभागि हुने भनेपछि सुरक्षाकर्मीको कडा निगरानीमा मतगणना शुरु भएको निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीलेृ बताए ।
नेपाली काङ्गेसले बर्दघाट नगरपाकिलामा मतगणनामा खटिएका कर्मचारीले एमालेको मत बढि बढि चढाईदिएको आरोप लगाउदै कर्मचारी परिवर्तन गर्न र सबै वडाको मतगणना पुनः गर्न माग गर्दै नारावाजी गरेपछि मतगणना स्थगित भएको थियो । यता वडा नम्बर १२ को रोकिएको मतगणना पनि शुरु भएको छ । मुचुल्कामा जम्मा खसेको मत २२९१ रहेको र मतपत्र खोलेर पट्याउनेक्रममा २३०७ मतपत्र भेटिएपछि १६ मत बढि खसेको पाईएपछि १२ नम्बर वडामा विवाद सृजना भएको थियो र मतगणना स्थगित भएको थियो ।
त्यस्तै वडा नंं. १२ को पनि मतगणना शुरु भएको छ ।
सबैको रोहबरमा मतदान गर्दाको अर्धकट्टी झिकाएर रुजु गर्दा २३०७ मतपत्र रहेको पुष्ठि भएपछि कर्मचारीले मुचुल्कामा गल्ती गरेको थाहा हुन अयो र मतगणना शुरु गरिएको अधिकृत भण्डारीले बताए ।
Post a Comment