
नवलपरासी, (चोरमारा), १२ भदौ ।
मध्यविन्दु नगरपालिकालाई बालमैत्री र बिधालय शान्ति क्षेत्र घोषणा गर्ने पतिवद्धता व्यक्त गरिएको छ ।
सोमबार मध्यबिन्दु नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधीहरुलाई बाल अधिकार र बालबालिका शान्ति क्षेत्र र विधालय शान्ति क्षेत्रको बारेमा अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले मध्यविन्दु नगरपालिकालाई छिट्टै नै बालमैत्री नगरपालिका बनाउन र विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र सेभ द चिल्ड्रेन नेपालको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल, समता नेपाल लगायतको आयोजनामा उक्त १ दिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, १५ वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कार्यकारी अधिकृत एवम अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बाल अधिकार कर्मी खिमानन्द भुषाल र दिपक शर्माले बालबालिकामा किन लगानी आवश्यक छ , बाल अधिकार भनेको के हो ? बालबालिका शान्ति क्षेत्र भनेको के हो, कसरी यसको सही कार्यान्वयन गर्न सकीन्छ भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृतले प्रतिबद्धता मात्र व्यक्त गरेर कार्य सम्पन्न नहुने भएकाले अव छिटै नै नगरको गुरुयोजना तयार गरिने र सोही अनुसार नै सबै क्रियाकलापहरु सञ्चालन गरेर तोकीएको समयमा नै नगरलाई बालमैत्री र विद्यालय शान्ति क्षेत्रको घोषणा गर्ने बताउनुभयो ।
कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालका पुर्व अध्यक्ष होमनाथ जैसीको अध्यक्षतामा र समता नेपालका बाबुराम पाण्डेयको सञ्चालनमा भएको छ ।
Post a Comment