Sunday, August 27, 2017

कावासोतीमै सदरमुकाम राख्न माग

नवलपुर क्षेत्रलाई छुट्टै बनाएमा नवलपुर क्षेत्रका राजनीतिक दलद्धारा स्वागत

कावासोती । सरकारले नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाएकोप्रति नवलपुर क्षेत्रका राजनीतिक दलहरुले स्वागत गरेका छन् ।

आज कावासोतीमा बसेको सर्वदलीयल वैठकले यस्तो निर्णय गरेको नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो ।

वैठकमा नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरे, नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् पूर्व सभासद् रोशनबहादुर गाहा, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै वैठकमा संघीय समाजवादी फोरम, जनमोर्चा, राष्टिय जनमुक्ति पार्टी लगायत नवलपुर क्षेत्रमा रहेका दलहरुको समेत सहभागिता रहेको थियो ।
त्यस्तै नवलपुर क्षेत्र छुट्टै जिल्लाको रुपमा भएपछि सदरमुकाम कावासोतीभन्दा बाहिर लैजाने भन्ने केहीले कसरत गरेको भन्दै कावासोतीमै सदरमुकाम राख्न सरकारसंग माग गर्ने निर्णय गरेको एमाले नवलपुर अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal