Friday, September 1, 2017

कांग्रेस कावासोती नै सदरमुकाम राख्ने पक्षमा

कावासोती, १६ भदौ ।
नेपाली कांग्रेस नवलपरासीले नवलपुर क्षेत्रको नयां जिल्लाको सदरमुकाम कावासोतीमै हुनु पर्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको भन्दै आज आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसकै केहीले सदरमुकाम कावासोती बाहिर लैजाने भनी फिजाएको हल्ला गलत भएको भन्दै नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले नेपाली कांग्रेस यस जिल्लाको सदरमुकाम कावासोतीमै राख्नु पक्षमा रहेको बताउनुभयो ।
उहांले पार्टीको आधिकारित धारणा कावासोती नै सदरमुकाम राख्ने भन्ने भएकोले गलत प्रचारको पछाडि नलाग्न समेत आग्रह गर्नुभयो ।
आज कावासोतीमा पत्रकारहरुसंग नेपाली कांग्रेसका धारणा सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सभापति लामिछानेले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासंग पनि यस विषयमा छलफल भएको र उहांले सदरमुकाम कावासोती बाहेक अनेत्र लैजानेमा कुनै इच्छा चाहाना नदेखाएको दावी गर्नुभयो ।
त्यसैगरी सभापति लामिछानेले नवलपुर क्षेत्रको जिल्लाको नामाकरणका विषयमा छलफल चलिरहेको र अहिलेसम्म मोटामोटी जिल्लाको नाम नवलपुर राख्ने विषयमा धेरै जसो सहमत देखिएको पनि बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal