Saturday, September 2, 2017

आफ्ना बालबालिका नपठाउने शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने

कावासोती, १७ भदौ । नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविको आज भएको अभिभावकहरुको भेलाले आगामी बर्ष नजिकको सामुदायिक विद्यालय वा आफैले अध्यायपन गराउने विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा हाजिर हुन नदिने निर्णय गरेको छ ।
शिक्षक अभिभावक लगायतका उपस्थितिमा भएको भेलाले विद्यालयका शिक्षकहरुले आफूले सामुदायिक विद्यालयमा पठाउने तर बालबालिका भने यो वा त्यो बाहानामा निजी विद्यालयमा पठाउने गरेकोले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको भन्दै भेलाले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगर्ने शिक्षक तथा कर्मचारीलाई विद्यालय हाजिर हुन नदिने निर्णय गरेको हो ।
कावासोतीका केही विद्यायलले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेको छ भने केही विद्यालयले कार्यान्वयनमा लैजाने चरणमा रहेको छ ।
त्यस्तै आज भएको अर्जुनबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत गठन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा आज भएको भेलाले शिक्षक अभिभावक संघको सदस्यहरुमा सुब्बा श्रेष्ठ, धनमाया राना, सीता रावल, ईश्वरी श्रेष्ठ, अभिषेक सुनार, बालकुमारी महतो र सीता श्रेष्ठ चयन हुनुभएको छ ।
भेलामा सहिद स्मृति माविका प्रधानाध्यापक गोपाल ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal