नवलपरासी, ३ असोज ।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउंदै गरेको १६ लाख बराबरको कपडा नवलपरासीमा वाइसिएलले नियन्त्रणमा लिएको छ ।
लु १ ज ३३८९ नम्बरको बोलेरो जीप सहित प्रहरीले उक्त कपडा नवलपरासीको अरुणखोलाबाट नियन्त्रणमा लिएको हो । नारायणगढको रोज इम्पेक्स र राजु रेजिमेन्टका नाममा रहेको विल सहितको उक्त परिणामको कपडा वाइसिएलले बरामद गरी दुम्किबास प्रहरीको रोहबरमा भन्सारको जिम्मा लगाएको वाइसिएल नवलपुरका संयोजक गणेश विक गुरांसले बताए ।
राजु रेजिमेन्ट नारायणगढको नाममा लेडिज सुट ७ सय ३० थान, कुर्ती ६ सय ८४ थान, साडी सुती ५१ थान गरी भारतीय मूल्य ८ लाख ६७ हजार ६ सय रुपैयां बराबरको कपडा र रोज इम्पेक्स नारायणगढको नाममा साडी रेसा २ सय २० थान, कुर्ती १ हजार १ सय ४९ थान, लेहेंगा ४ सय ४८ थान, सुर्ती कपडा ५० मिटिर गरी ६ लाख ७९ हजार ६ सय ५ रुपैयां बराबरको कपडा रहेको छ ।
बरेलोसंग एक जना चालकलाई पनि नियन्त्रणमा लिएको छ । बरामद कपडा भन्सार कर्मचारीको जिम्मा लगाइने गुरांसले बताए ।

Post a Comment