Sunday, October 15, 2017

मापसे गरी दादागिरी देखाउने प्रहरी अधिकारी कारवाहीमा तानिए

रामकुमार श्रेष्ठ 

नवलपुर २९ असोज । मापसे गरी स्थानीयमा दादागिरी देखाउने प्रहरी अधिकारी कारवाहीमा तानिएका छन् । 
नवलपरासीको दाउन्ने सुस्ता पूर्व जिल्लाको इलाका प्रहरी कार्यालय दुम्किबासमा कार्यरत प्रहरी निरीक्षक मोहनमान श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले कारवाहीको लागि जिल्ला प्रहरी तानेको छ । 
उनले शनिबार सांझ ८ बजेतिर दुम्किबासमा मादक पदार्थ सेवन गरी सिविलमा गएर स्थानीय बासिन्दा स्थानीय होटलका ग्राहक तथा स्थानीय व्यापारीहरुलाई अपशब्द गरी कुटपिट गरेपनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले कारवाही शुरु गरेको हो । 
उनलाई शनिबार सांझ नै इलाका प्रहरी कार्यालय नवलपुर ल्याइएको र उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा विभागीय कारवाहीको लागि पठाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईले बताए । 
उनले पहिलो मादक पदार्थ सेवन गरी शिविलमा आएर स्थानीयलाई अपशब्द प्रयोग गरी कुटपिट गरेको र पछि प्रहरी पोशाकमा गस्तीको सवारी सहित लिएर गएपछि गाउंलेले प्रतिकार गरेको स्थानीयले बताएका छन् । 
उनले करिब ९ जनालाई अपशब्द प्रयोग गर्नुका साथै कुटपिट गरेका थिए । प्रहरी निरिक्षक श्रेष्ठको कुटाईबाट २ जना घाईते भएको स्थानिय सम्भु श्रेष्ठले बताए । 
प्रहरी निरीक्षकको ज्यादतिको विरुद्ध भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय दुम्किबास र विनयी त्रिवेणी गाउंपालिकाको कार्यालयमा घेराउ गरेका छन् । 
उनीहरुले प्रहरी निरीक्षक श्रेष्ठलाई कारवाही गर्नु पर्ने र जनताले आफ्नो जनधनको सुरक्षाको प्रत्याभूति हुन पाउनु पर्ने माग गर्दै प्रदर्शन सहित घेराउ गरेका हुन् । 
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख मुकुन्दराज आर्चाय अनुसन्धान गरी तत्काल ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख मोहनमान श्रेष्ठलाई कारवाही गरिने बताए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal