रामकुमार श्रेष्ठ
नवलपरासी, २४ भदौ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको गस्ती टोलीले गएराति नवलपरासीको सरावल गाउंपालिका ४ बाट करिब ३ लाख मूल्य बराबरको अवैध चल्ला बरामद गरी नष्ट गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याइएका ६० कार्टुन अर्थात ३ हजार ६ सय गोटा भारतीय चल्ला प्रहरीले बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेपछि चल्ला ल्याउने टोली फरार भएको र बरामद चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुरको रोहबरमा महेशपुरमा नष्ट गरिएको पशु क्वारेन्टाइन महेशपुरका प.स्वा.प्रा. गिरिराज पौडेलको बताउनुभयो ।
त्यस्तै गत भदौ १५ गते पनि सीमा प्रहरी चौकी महेशपुरले पाल्ही नन्दन गाउंपालिका १ मा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको ३४ कार्टुन बोईलर कुखुराका चल्लाहरु १ लाख ६३ हजार बराबरको बजार मूल्यको चल्ला बरामद गरी नष्ट गरेको थियो ।
Post a Comment