Saturday, September 2, 2017

राहत शिक्षक समिति गठन

कावासोती, १७ भदौ । नवलपुर क्षेत्रका राहत शिक्षकहरुको आज कावासोतीमा भएको भेलाले २१ सदस्यीय नवलपुर स्तरीय राहत शिक्षक समिति गठन गरेको छ ।
चोकबहादुर पाइजाको अध्यक्षतामा भएको भेलाले अध्यक्षमा पुरुषोत्तम पोख्रेल, उपाध्यक्षमा टिकादेवी पोख्रेल, सचिवमा विक्रम सिग्देल, सहसचिवमा कमलप्रसाद पौडेल, कोषाध्यक्षमा रामप्रसाद पाण्डेलाई चयन गरेको छ ।
त्यस्तै भेलाले प्रदेश प्रतिनिधिको रुपमा कृष्णप्रसाद तिवारी, चेतनाथ अधिकारी, ईश्वरी श्रेष्ठ, लक्ष्मीप्रसाद पंगेनी, चोकबहादुर पाइजा, सन्तोष कोइराला र धनप्रसाद रिजाललाई चयन गरेको अध्यक्ष पुरुषोत्तम पोख्रेलले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal