कावासोती, १७ भदौ । ९ औं अन्तराष्ट्रिय गिद्ध दिवसको अवसर पारेर नवलपरासीको पिठौलीमा आज गिद्ध संरक्षणमा सचेतना जगाउने उद्देश्यले संरक्षण सम्बन्धि सचेतना गोष्ठी गरिएको छ ।
स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधि लगायतको सहभागितामा गोष्ठी गरिएको हो ।
गोष्ठीमा सहजीकरण गर्दै जटायु रेष्टुरेन्टका डि वी चौधरीले विश्वमा पाइने २३ प्रजातिका गिद्ध मध्ये ९ प्रजाति दक्षिण एसियामा पाइने र ती मध्ये ८ प्रजातिका गिद्ध पिठौलीमा पाइने गरेको बताउनुभयो ।
उहांले पिठौलीमा पाइने ८ प्रजातिका गिद्धहरु मध्ये ४ प्रजातिका गिद्ध रैथाने गिद्ध भएको र ४ प्रजातिका गिद्ध आगन्तुक गिद्ध रहेको समेत बताए ।
उनंले जटायु संरक्षण संगसंगै यस क्षेत्रमा रहेका पंक्षि, वन्यजन्तु, जैविक विविधता संरक्षण गरी यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले गिद्धले वातावरण सन्तुलन राख्न भूमिका खेलेको बताएका थिए ।

Post a Comment