Saturday, September 9, 2017

कावासोतीका ट्याक्टर व्यवसायी आन्दोलित

रामकुमार श्रेष्ठ

कावासोती, २४ भदौ । 
नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरुले तत्काल केरुङ्गे खोलामा टेण्डर लगाएर खोलामा रहेको नदीजन्य वस्तुको निकासी दिन माग गरेका छन् । 
नवलपुर ट्याक्टर समितिका अध्यक्ष शिव गिरीले आफूहरुले पटक पटक सरकारसंग खोला तथा नदीहरुमा रहेका नदीजन्य वस्तुको तत्काल निकासीको लागि माग गरेपनि सुनुवाई नभएको बताए । उनले आफूहरुको मागको सम्बोद्धन नहुंदा सम्म आन्दोलनलाई अगाडि बढाउने समेत चेतावनी दिए । 
प्रहरीले ट्याक्टर व्यवसायीहरुलाई तारो बनाएर नियन्त्रणमा लिने गरेको, स्टक सामग्री ढुवानी गर्दा पनि समातेर जरिवाना तिराउन्े गरेको भन्दै कावासोतीका ट्याक्टर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । 
उनीहरुले उनीहरुले केरुङ्गे खोलामा नियमित तरिकाले समयमै टेण्डर लगाइ नदीजन्य वस्तु गिटी बालुवा ढुंगाको निकासी दिनुपर्ने, खोला टेण्डर खोलेको समय स्टक राखेको सामग्रीहरु निर्वाधरुपमा ढुवानी गर्न दिनु पर्ने लगायतमा माग राखेका नवलपुर ट्याक्टर समितिका उपसमिति अध्यक्ष लक्ष्मण थापा क्षेत्रीले बताए । 
ट्याक्टर सञ्चालन गरेकाहरु मध्ये कतिपय ट्याक्टर व्यवासायी मात्रै गर्ने भएकोले ढुवानी गर्न नपाउंदा र नदीजन्य वस्तुको निकासी रोकिंदा आफूहरु बैंकको व्याज तिर्नसम्म नपुग्ने गरी सास्ती हुने उनीहरुको ठहर रहेको छ । 
ट्याक्टर व्यवसायीहरुले शनिबारदेखि नियमित आन्दोलन शुरु गरेका हुन् । 
उनीहरुले शनिबार केरुङ्गे खोलामा एक सयको संख्यामा ट्याक्टर हालेका थिए । उनीहरुले एक दुई दिन भित्र कुनै निकास नदिए आफूहरुले खोलाबाट नदीजन्य वस्तु ढुवानी गरी प्रहरीकोमा गिरफ्तारी दिएर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
उपसमितिका अध्यक्ष लक्ष्मण थापा क्षेत्रीले खोलामा नदीजन्य वस्तुको निकासीका लागि टेण्डर नलगाउंदा खोलामा जमिनको सतहभन्दा माथि गिटी बालुवाको सतह आउने र बाढी आउंदा गाउं पस्ने खतरा हुने गरेको बताए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal