आज जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त आयोजनामा कावासोतीको खानेपानी हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।
कपितयले पीडितको पक्षमा भन्दा पीडकको नजिक भएर प्रहरीले वकालत गर्ने गरेको, नियमित गस्ती गर्न नसकेको, ससानो रकम घुस लिएर पनि अपराध गर्न दिने गरेका जस्ता गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले ट्याक्टर व्यवसायीहरुले अवैध गिटी बालुवा निकासी गरेको प्रहरीले भेटे प्रति ट्याक्टर ५,७ हजार रुपैयां लिएर छाड्ने गरेको गुनासो गरेका थिए ।
त्यस्तै कावासोती नगरपालिका १६ का वडा अध्यक्ष एकादत्त वस्तीले पीडित त्यसै पनि पीडित हुने भएकोले प्रहरीले पीडकको नजिक भएर मुद्दा नहेरी पीडित पक्षको नजिक भएर मुद्दा हेरिदिन आग्रह गरे ।
त्यस्तै कावासोती नगरपालिका ८ का वडा अध्यक्ष आनन्द गुरुङ्गले सवारी दुर्घटना न्यूनीकरण र इरेक्सा पार्किङ्ग व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए ।
सहभागीहरुको जवाफ दिंदै इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईले नवलपुर जिल्लामा मात्रै ७० किलो मिटर राजमार्ग रहेको र त्यो भन्दा धेरै भित्री सडक रहेकोमा सवारी साधन तथा जनशक्ति अभाव भएकोले भित्री गाउंगाउंमा नियमित गस्ती गर्न नसकिएको बताए ।
उनले सवारी दुर्घटना न्यूनीकरणका लागि तीब्र गतिको सवारी साधनको गति चेकिङ्गका लागि ३० जनालाई १०, १० जनाको समूहमा ३ स्थानमा नियमित परिचालन गरिएको, कावासोतीको व्यस्त चोक फलफूल चोकमा २४ घण्टा नियमित एक जना ट्राफिक प्रहरी खटाइने भएको बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रहरीबाट बेलैमा सूचना नपाइने गरेको र पाइएको कतिपय सूचनाहरु पनि गलत पाइने गरेकाले सञ्चारकर्मी र सञ्चारमाध्यम बदनाम हुनु परेको गुनासो गरेका थिए ।
त्यस्तै सहभागीहरुले लागू औषध दुव्र्यसन नियन्त्रण, चोरी, डकैटी नियन्त्रणका ला िविशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

Post a Comment