रामकुमार श्रेष्ठ
नवलपरासी, १० कात्तिक । कावासोती नगरपालिकामा शुक्रबारदेखि आमा स्वास्थ्य कार्यक्रम शुरु भएको छ ।
कावासोती नगरपालिका भित्र रहेका महिलाहरु गर्भवती हुंदा र सुत्केरी हुंदा दिइने प्रोत्साहन स्वरुप आमा स्वास्थ्य कार्यक्रम शुरु गरिएको हो ।
शुक्रबार कार्यक्रमको सुरुवातका दिन ३ जना सुत्केरी महिलालाई प्रतिव्यक्ति १४ सय रुपैयां प्रोत्साहन रकम दिएर कार्यक्रमको सुरुवात गरिएको थियो ।
कावासोती नगरपालिकाको सामाजिक विकास समितिमार्फत सञ्चालित आमा सुरक्षा कार्यक्रम कावासोती नगरपालिकामा शुक्रबारबाट औपचारिक रुपमा शुरु भएको हो ।
सामाजिक विकास समितिका संयोजक एवम कावासोती नगरपालिकाका ३ वडा अध्यक्ष अमृत कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा कावासोती नगरपालिकाका नगरप्र चन्दाकुमारी पुनले ३ जना सुत्केरी महिलालाई भत्ता दिएर शुरु गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य संयोजक विश्वराज कंडेलले कार्यक्रम माथि प्रकाश पारेका थिए ।
लगतै कावासोती नगरपालिका भित्र रहेको महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि आमा स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
गर्भवती भएदेखि नियमित चेकजांच गराउन र कम्तिमा सुत्केरी हुंदा स्वास्थ्य संस्थामा सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउन भन्ने उद्देश्यले यो कार्यक्रम कावासोती नगरपालिकामा सञ्चालन गरिएको हो ।
नगरपालिका भित्रका महिलाहरु गर्भवती हुंदा कावासोती नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुमा गएर नियमित चार पटक चेकजांच गर्दा चार पटकको ४ सय रुपैयां र नगरपालिका भित्र रहेको प्रसुती गृहमा सुत्केरी गराए प्रोत्साहन स्वरुप १ हजार रुपैयां दिने यस कार्यक्रममा व्यवस्था गरिएको छ ।
त्यस्तै नगरपालिका बाहिरको स्वास्थ्य संस्थामा गए ७ सय रुपैयां प्रोत्साहन भत्ता दिइने गरी शुरु गरिएको सामाजिक विकास समितिका संयोजक अमृतकुमार श्रेष्ठले बताए ।
नगरपालिका भित्र रहेको प्रसुति सेवा गृहमा कुनै महिलाको सुत्केरी गराउन सक्ने अवस्था भएन र रिफर गर्न परे उसलाई लाग्ने यातायात खर्च अर्थात एम्बुलेन्स सेवा पनि आमा स्वास्थ्य कार्यक्रमले व्यहोर्ने छ ।
स्वास्थ्य संयोजक विश्वराज कंडेलले यस कार्यक्रमले महिलाहरु गर्भवती भईसकेपछि स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थासम्म जाने दर बढ्ने आमाको र बच्चाको स्वास्थ्यमा सुधार आउनेमा आशा व्यक्त गरे ।
कावासोती २ का महिला स्वास्थ्य स्वयम् सेविका शोभा अर्यालले टोलटोलमा स्वास्थ्य आमा समूह गठन गरेको र यस कार्यक्रमले आमाहरुलाई कम्तिमा सुत्केरीको समयमा आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार लिन केही सहज हुने बताए ।

Post a Comment