Friday, October 27, 2017

कावासोतीमा पांच सय नयां धारा थपिने

नवलपरासी, १० कात्तिक । कावोसोती खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाले चालु आर्थिक बर्ष २०७४÷७५ मा कावासोती क्षेत्रका थप ५ सय नयां निजि धारा जडान गर्ने लक्ष्य रहेको छ ।
शुक्रबार कावासोतीमा खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं बार्षिक साधारण सभामा बौल्दै सस्थाका अध्यक्ष बिष्णु प्रसाद भुषालले यस्तो बताएका हुन् ।
अध्यक्ष भुसालले कावासोती खोनीपानी संस्थाले शुद्ध पिउने पानी उपलब्ध गराएका बताए ।
कार्यक्रममा नगरविकास कोषका समाजशास्त्री सुभासराज पन्तले नगरविकास कोष, सरकार र उपभोक्ताको लगानी रहने गरी नगरपालिका भरी नै शुद्ध खानेपानी उपलब्ध गराउने गरी योजना अगाडि लैजान आग्रह गरे ।
यो बर्ष भित्र खानेपानि सस्थाले आफ्ना उपभोक्त्ताहरु २४ घण्टा पानि वितरणको ब्यवस्था समेत मिलाईने अध्यक्ष भुषालले बताएका छन् । सन् २०३५ सम्म यस क्षेत्रमा हुने कुल जनसख्यालाई पुग्नेगरी खानेपानिको ब्यवस्था मिलाईने भुषालले बताएका छन् ।
नवलपुर जिल्लाको सदरमुकाम कावासोती क्षेत्र नै हुने भएको भन्दै कावासोती खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाले जनसख्यालाई मापन गदै कावासोती ८ को लुम्विनी कलेज परीसरमा ४५० घनमिटर र कावासोती ३ को शितलचोकमा ४५० घनमिटर ओभरहेड टंकी निमार्ण तथा थप डिपबोरिङ् निमार्ण गरीएको अध्यक्ष भुषालले बताएका छन् ।
त्यस्तै कावासोती खानेपानि तथा सरसफाई  उपभोक्ता संस्थाले आफ्ना उपभोक्त्तालाई महशुल भुक्तानीमा सहज बनाउन अनलाईन भुक्तानि , बैकिङ्ग भुक्तानिको ब्यवस्था साथै उपभोक्त्तालाई सस्थाको आफ्नै एप्स निमार्ण गरी घरमै सस्थाको सम्पुर्ण जानकारी दिने ब्यस्था गरीने जनाईएको छ ।
त्यस्तै सस्थाले धारा आबेदन बन्द रहेको समयमा धारा जडान बापत लिईदै आएको रकममा थप ५ हजार शुल्क थपि २४ घण्टा भित्र धारा जडान गरीदिने समेत जनाएको छ । हाल सस्थाले कावासोती नगरपालीकाको २, ३,५,६,८ र ९ वडामा खानेपानि सेवा दिईरहेकोमा आफ्रनो सेवा अब कावासोती १० र ७ नम्बर वडामा पनि बिस्तार गरीने जनाएको छ । कावासोती खानेपानि तथा सरसफाई  उपभोक्ता संस्थाले चालु आर्थिक बर्ष २०७४÷७५ मा गत बर्षको सचित रकम सहित ९ करोड ९४ लाख ३९ हजार ५४ रुपैया आम्दानि गर्ने अनुमान गरेको छ भने आर्थिक बर्ष २०७४÷७५ मा जम्मा खर्च ५ करोड ३९ लाख ३५ हजार २ सय ३८ रुपैया हुने अनुमान गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal