Saturday, October 28, 2017

नवलपरासीमा २ हजार ३ जना म्यादी प्रहरी छानिए

तेस्रो लिंगी पनि म्यादी प्रहरीमा 

नवलपुर, ११ कात्तिक । 
नवलपरासीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ती हुन आवेदन दिएका मध्ये २ हजार ३ जना छनौट भएका छन् । 
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार मंसिर २१ गते हुने निर्वाचनका लागि खटिने म्यादी प्रहरीमा भर्ति हुन ८ हजार १ सय ४७ जनाले आवेदन दिएकोमा १ जना तेस्रो लिड्डी सहित २ हजार ३ जना छनौट भएका हुन् । 
छनौट भएकामा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पूर्व भारतीय सेनामा काम गरेका ३१ जना, पूर्व म्यादी प्रहरी ५  सय २७ जना रहेका छन् । 
त्यस्तै पुरुष ८ सय ८६ जना र महिला ५ सय ५८ जना नयां म्यादी प्रहरी छनौट भएका छन् ।  

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal