Friday, October 27, 2017

वाम गठबन्धनले संयुक्त चुनावी कार्यालय खोले

अर्जुन अविरल

नवलपरासी, १० कात्तिक ।
नजिकिएको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नवलपरासी सुस्ता पुर्व नवलपुरका संयुक्त बाम गठबन्धनले निर्वाचन परिचालन समितीको कार्यलय स्थापना गरेका छन ।
प्रतिनिधी सभा क्षेत्र नम्बर २ का लागि  मध्यविन्दु नगरपालिका १० अरुणखोलामा शुक्रवार कार्यक्रमका बीच नेकपा एमालेका केन्द्यि सदस्य तिलक महत र माओवादि केन्द्रका पोलिटब्युरो सदस्य भविश्वर पराजुलीले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै  एमाले केन्द्यि सदस्य महतले  बामपन्थीहरुले जित्दा सम्पुर्ण नेपाली जनताले जित्नेगरि संयुक्त कम्युनिष्ट पार्टी बनाउन आफुहरु लागेको बताए ।
उनले यस अभियानमा सफल पार्न नेता कार्यकर्ता सबै हातमा हात मिलाएर लागेमा देशमा एउटै कम्युनिष्ट पार्टी हुनेमा जोड दिदै यसले समाजवादको बाटोमा जानका लागि सुन्दर सडक निर्माणको काम गर्ने बताए ।
यस्तै माओवादि केन्द्रका पोलिटब्युरो सदस्य पराजुलीले जिल्लामा बाम घटकको तर्फबाट संयुक्त रुपमा कार्यालय स्थापना गरेर एकताको सन्देश दिएको बताए  । साथै उनले आम जनतामा बाम एकता भनेको कम्युनिष्टहरु मिलेर दुई तिहाईको सरकार ल्याउन मात्रै हो भन्ने बुझाई रहेकाले यस कुरालाई चिर्दै सबै कम्युनिष्टहरु एक भई संस्थागत गरि उपलब्धीका लागि अगाडी बढ्नका लागि यस घटकले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा एमालेबाट नवलपुर अध्यक्ष रोशन वहादुर  गाहा ,  सासद कृष्ण पौडेल , एमाले क्षेत्रीय ईन्चार्ज धनन्जय शर्मा  र माओवादि  केन्द्रबाट पोलिटब्युरो सदस्य  टंकमणी शर्मा , कर्ण सुनारी , जिल्ला सह संयोजक सुस्मा खनालले बोलेका थिए । 
एमाले क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक भिमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा   माओवादि केन्द्रका केन्द्रिय सदस्य केदार पराजुलीले स्वागत मन्तव्य  राखेका थिए भने  तारा भुषालले संचालन गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal