नवलपुर, ९ माघ । नवलपरासीको देवचुली नगरपालिका १५ लोकाहामा मंगलबार बसको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
लु १ ख ९९५५ नम्बरको यात्रु वाहक बसले देवचुली १० निवासी ७० बर्षीय वृद्ध काजीबहादुर पाण्डेलाई ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
स्थानीयले करिब आधा घण्टा सडक अवरुद्ध समेत गरेका थिए ।
त्यस्तै मंगलबार विहान गैडाकोट नगरपालिका १० गोर्खा ब्रुअरीको पार्किङ्ग गरिराखेको ट्रक संग सुर्खेतबाट काठमाडौं जांदै गरेको ना ५ ख ८७३ नम्बरको बस आफै अनियन्त्रित भई ठक्कर खांदा बसमा सवार ३० जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment