लामो समयदेखि बस्न नसकेको नगरपालिकाको वैठक तत्काल डाक्न माग

रामकुमार श्रेष्ठ
नवलपरासी, ११ माघ ।
कावासोती नगरपालिकाले कार्यपारिकाको वैठक पनि नडाकी मनोमानी ढंगले केरुङ्गे खोलाको ठेक्का दिएको वडाअध्यक्षहरुले आरोप लगाएका छन् ।
१७ वटा वडा रहेको कावासोती नगरपालिकाका ८ वटा वडाअध्यक्षहरुले आपसी मिलेमतोमा राजश्वलाई घाटामा पारी ठेक्का दिएका जनाएका छन् ।
अघिल्लो बर्ष ७ करोडसम्म ठेक्का गएका केरुङ्गे खोलामा नदीजन्य वस्तु निकासीका लागि नगरपालिकाले ९६ लाखमा ठेक्का दिएको छ । यसमा ठेकेदार र नगरपालिकाका नेतृत्वको मिलेमतो रहेका उनीहरुको आरोप रहेको छ ।
त्यस्तै विगत ४ महिनादेखि नगरपालिकाको कार्यपालिकाको वैठक बस्न नसकेको भन्दै तत्काल वैठक डाक्न पनि उनीहरुले माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका ८ जना वडाअध्यक्षहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले विहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाएर आफ्ना मागहरु तत्काल सम्बोद्धन नगरिए संघर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।
वडाअध्यक्षहरु नारायणप्रसाद पन्त, अमृतकुमार श्रेष्ठ, हेमप्रसाद पाण्डे नन्दलाल गुरौं, आनन्द गुरुङ, सारदाप्रसाद अधिकारी, विनोद राना मगर र जितबहादुर महतोले संयुक्त रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन गर्न नसकेको, नगरपालिकामा नियुक्ति गर्ने प्राविधिक जनशक्ति नियुक्ति सम्बन्धमा, नगरपालिका परिसरबाट सार्वजनिक सम्पत्ति चोरी हुंदा पनि कारवाही गर्न नसक्नु जस्ता विषयहरुमा छलफल गर्न तुरुन्त वैठक डाक्नु पर्ने माग गरेका छन् ।

Post a Comment