सुनवल। नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्र स्थित महलपोखरी विजुली बत्ति पुगेको छ।
अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दाहरु दियो र सोलार प्रयोग गर्दै आएका थिए । भौगोलिक हिसाबले सुगम भएपनि सेवा सुविधाको हिसावले नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर पहाडको डाँडामा अवस्थित महलपोखरीको अन्धकार हटाउन सुनवल गरपालिकाले सोमबार साँझ विद्युतको पहुँच पु¥याई गाउँलाई उज्यालो बनाएको हो ।
सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापा क्षेत्रीले विशेष पहल गर्दै नेपाल विद्युत प्राधिकरण शाखा परासी र सुनवलसंग प्राविधिक सहयोग मागी सो बस्तीमा ईतिहासमै पहिलो पटक विद्युतिय सेवा पुरयाइ गाउँलाई उज्यालो बनाएका हुन् ।
गाउँमा कच्ची भएपनि बाटोको व्यवस्था र विद्युतको व्यवस्था भएपछि उनीहरुले राहत महसुस गरेका छन्।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment