Saturday, January 20, 2018

नवलपुर उद्योगमा सर्वसम्मत नयां नेतृत्व

नवलपुर ६ माघ । नवलपुर उद्योग वाणिज्य संघमा दलीय भागबण्डामा सहमति जुटाइ सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको छ ।
एमाले, माओवादी केन्द्र, नयां शक्ति, राप्रपा सहितका एउटा प्यानल र नेपाली कांग्रेसको एउटा प्यानल गरी दुई वटा प्यानल चुनावी मैदानमा भएपछि एमालेले अध्यक्ष र कांग्रेसका वरिष्ठ उपाध्यक्ष लिएर दलीय भागवण्डामा सर्वसम्मत नयां नेतृत्व चयन भएको हो ।
शुक्रबार अबेरसम्पन्न बन्दशत्रबाट अध्यक्षमा डासुराज पोख्रेल, वरिष्ठ उपाध्यक्षमा पुष्प पाण्डे, उद्योग उपाध्यक्षमा हरिषचन्द्र पोख्रेल, वाणिज्य उपाध्यक्षमा गोविन्द क्षेत्री, महासचिवमा वैकुण्ठप्रसाद अर्याल, सचिवमा किरणकुमार श्रेष्ठ, कोषाध्यक्षमा केशवराज भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा हरिप्रसाद सुवेदी, लालप्रसाद बराल, पदमबहादुर केसी, नवराज सुवेदी, मणिप्रसाद गुरुङ र नन्दु रिजाल निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरुमै खगिसरा लामिछाने, राजेन्द्र पाण्डे, हेमुशंकर देवकोटा, पूर्णप्रसाद न्युरे, युवराज बस्याल चयन भएका छन् ।
त्यस्तै भेगतर्फको सदस्यहरुमा सागर पोख्रेल, नारायण न्यौपाने, धनिराम महतो र गणेश पाण्डे चयन भएका छन् । पुष २१ गते नवलपुर उद्योग वाणिज्य संघको अधिवेशन तोकिएको भएपनि आपसी विवादका कारण पछाडि धकेलिएको थियो।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal