Thursday, January 18, 2018

एकीकृत शिक्षक संगठन परासीको अध्यक्षमा जगत पौडेल

परासी । एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दघाट सुस्ता पश्चिम जिल्लाको पांचौ सम्मेलनले जगतप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा चन्द्रभान सैनी, उपाध्यक्ष समिक्षा बि.क, रामप्रसाद खनाल सचिवमा निर्वाचित हुनुभएको छ ।
सम्मेलनमा शिक्षक  फ्रयाक्सन ईन्चार्ज सूर्य न्यौपाने, विद्यार्थी ईन्चार्ज अमित क्षेत्रीले शुभकामना दिनुभएको थियो भने कार्यक्रम खेमराज ढकालले सञ्चालन गर्नुभएको थियो ।
जगत प्रसाद पौडेलको अध्यक्षता, शिक्षक संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बासु अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो ।
सम्मेलनमा संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले शिक्षक पेशामा रहेका सबै शिक्षकलाई मर्या्दित बनाउन आफू अध्ययापन रहेको शिक्षण संस्थालाई नमूना गराउन क्रियाशिल रहन आग्रह गर्नुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal