साधना संगम नवलपुरको २७ औ श्रृंखला तथा रचना वाचन कार्यक्रम जनज्योति मा.वि प्रगतिनगरमा शनिबार भएको छ।
साधना संगम नवलपुरका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता एवं जनज्योति मा.वि देवचुली १५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवलपुर क्षेत्रका २ दर्जन भन्दा साहित्यकारहरुले आ–आफ्नो सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा वरिष्ठ कवि दिपक सोती, कृष्णादेवि शर्मा श्रेष्ठ, सदानन्द अभागी, लोकनाथ खराल, डा. धनपति कोइराला, प्रितम भुजेल, सरोज उजाड, दिपक भट्टराई, ईश्वर बा खनाल, श्रीषा शाही, ताराप्रसाद सापकोटा, सुदिप चापागाईं, एकनारायण चापागाईं, चिरञ्जीवी सिग्देल, माया कडेंल, उद्योगबहादुर श्रेष्ठ लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
साधना संगम नवलपुरकी कोषाध्यक्ष टीका देवि पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन साधना संगमका सचिव सन्जय भट्टराईले गरेका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment